अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ बसपार्क सामूहिक बलात्कार प्रकरण : ९ जना पुर्पक्षका लागि जेल चलान

नयाँ बसपार्क सामूहिक बलात्कार प्रकरण : ९ जना पुर्पक्षका लागि जेल चलान


काठमाडौं – नयाँ बसपार्क गोंगबु सामूहिक बलात्कार प्रकरणका ९ जना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले बुधबार ९ जनालाई  पुर्पक्षका लागि जेल चलान गरेको हो । जेल चलान हुनेमा मुगुको छायाँनाथ नगरपालिकाका हिक्मत नेपाली, रतन नेपाली, शिवहरि बुढा, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद तथा अर्घाखाँची स्थायी घर भई कपिलवस्तुको बुद्धभूमिमा गोपालकुमार शिरीष रहेका छन् ।

यस्तै तीन जना होटल सञ्चालकसँग जनही ३ लाख धरौटी मागिएको छ । होटल सञ्चालकहरू जानुका घिमिरे पोखरेल, मञ्जु खरेल न्यौपाने र द्रोणाचार्य पौडेलले ३-३ लाख धरौटी बुझाएका छन् ।