अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गोलाप्रथाबाट गठबन्धनका उम्मेदवार बस्नेत विजयी

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गोलाप्रथाबाट गठबन्धनका उम्मेदवार बस्नेत विजयी


काठमाडौं – प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा गोलाप्रथाबाट सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी हुनुभएको छ ।

कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उहाँले एमालेका उम्मेदवार गुरु बराललाई गोलाप्रथाबाट हराएका हुन् । दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथामा विजेता घोषणा गरिएको हो । बराल र बस्नेतको ४४८८ मत आएको थियो ।

राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐन २०७५ को दफा ५८ मा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा गर्ने उल्लेख छ ।