अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भिरबाट लडेर एक भेडा गोठालाको मृत्यु

भिरबाट लडेर एक भेडा गोठालाको मृत्यु


सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका-४ मा भिरबाट लडेर एक भेडा गोठालोको मृत्यु भएको छ । मृत्यु हुनेमा भोटखोला गाउँपालिका-५ तुङ्खालिङका ५२ वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो ।

भेडा चराउन गएका राईको मकालु–४ पावाखोला निवारे भिरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । भेडा चराउन गएका राई मङ्गलबारदेखि फर्केर नआएपछि खोजी गर्दा बुधबार पावाखोला निवारेमा भिरबाट लडेर मृत अवस्थामा स्थानीयवासीले फेला परेको थिए । मृतक राई केही महिना यता मकालु–४ बैदेका गङ्गाबहादुर गुरुङको भेडी गोठामा काम गर्दै आएका थिए । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट नौ घण्टाको पदैल दूरीमा पर्दछ । घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय हेदाङनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।