अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लवका नेता एमालेमा

विप्लवका नेता एमालेमा


दाङ– नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका नेता एमाले प्रवेश गर्नुभएको छ ।

एमाले महासचिव शंकर पोखरेल गृहजिल्ला दाङ आएको बेला विप्लव समूहका प्रभावशाली नेता सहदेव थारु बिहानी एमाले प्रवेश गर्नुभएको हो ।

घोराही १४ निवासी थारुलाई एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले अविर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ । महासचिव पोखरेलसँगै अन्य नेताहरुले पनि उहाँलाई एमालेमा स्वागत गर्नुभएको छ । नेपाली कम्युनिष्ट आन्दोलन र समृद्धीको अभियानमा सघाउन आफू एमाले रोज्न पुगेको थारुले बताउनु भयो ।