अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपालमा वर्डफ्लु देखियो

नेपालमा वर्डफ्लु देखियो


काठमाडौं -नेपालमा मान्छेको समेत मृत्यु गराएको बर्डफ्लु संक्रमण पुनः देखा परेको छ। पशु सेवा विभागका अनुसार अनुसार मोरङमा बर्डफलु रोग एच फाइभ एन वान, एच फाइभ एन वान पुष्टि भएको हो।

विभागले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सरकारले बर्डफ्लु नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन गरिरहेको छ।
यसै क्रमममा प्रदेश नम्बर १, मोरङ जिल्लाको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको हो।
मोरङमा अहिले त्यही किसिमको बर्डफ्लु फैलिएको हो। यसैले पशु सेवा विभागले यसमा सतर्कता अपनाउन अपिल जारी गरेको छ।