अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवैध सुपारीसहित दुई जना पक्राउ

अवैध सुपारीसहित दुई जना पक्राउ


बाँके – प्रहरीले नेपालबाट भारततर्फ अवैध रुपमा लगिँदै गरेको सुपारीसहित दुई जनालाई पक्राउ गरेको छ ।  नेपालगञ्ज–१० स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले २ लाख ५ हजार ५०० मुल्य बराबरको सुपारी बरामद गरी भारतको रुपैडिहा बस्ने ईरफान राई र सोही स्थानका मोहमद सईदलाई पक्राउ गरेको हो ।

उनीहरुले  भे १ ह १८२४ र भे १ स १२१९ नम्वरको अटो रिक्साको डिकीमा लुकाई छिपाई राखेर भन्सार छलेर उक्त सुपारी भारत तर्फ पैठारी गर्न लैजाँदै थिए ।

अभियुक्तलाई सामानसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय, नेपालगन्ज, बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।