अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सात किलो चाँदीको अवैध गरगहनासहित एक महिला पक्राउ

सात किलो चाँदीको अवैध गरगहनासहित एक महिला पक्राउ


मोरङ – मोरङ प्रहरीले अवैध चाँदीका गहनासहित एक जना महिलालाई पक्राउ गरेको छ । अवैध गहनासहित मोरङ सुनवर्षी नगरपालिका-९ घर भएकी २९ वर्षीया मन्जु सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको ब्यागभित्र चेकजाँचका क्रममा उनको साथबाट प्रहरीले ७ केजी ४६ ग्राम तौल (पायल ठूलो २० पिस, सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस) बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त गहनाको मूल्य अन्दाजी सात लाख बराबर रहेको छ ।

पक्राउ परेकी उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ ।