अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खैरो हेरोइनसहित सुर्खेतबाट दुई जना पक्राउ

खैरो हेरोइनसहित सुर्खेतबाट दुई जना पक्राउ


सुर्खेत – प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कबाट लागुऔषध र खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–३ का २१ वर्षीय प्रकाश बुढा र २० वर्षीय दिपेन्द्र थापा छन् । बसपार्कस्थित चौलागाई होटलबाट पक्राउ गरिएका आरोपीहरुको साथबाट ३ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आरोपीहरुमाथि लागू औषध मुद्दामा म्याद लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ ।