अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युट्युबरमाथि कुटपिट गर्ने म्यानपावर सञ्चालक भीम गुरुङ ठगी आरोपमा पक्राउ

युट्युबरमाथि कुटपिट गर्ने म्यानपावर सञ्चालक भीम गुरुङ ठगी आरोपमा पक्राउ


काठमाडौं – युट्युबर र अभियन्तामाथि कार्यालयभित्रै कुटपिट गर्ने काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले आज गुरुङलाई पक्राउ गरेको हो ।

यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।

हालै उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडियो खिच्न गएका सञ्चारकर्मीहरूमाथि पनि आक्रमण भएको थियो। पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिएको छ।