अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङका वामपन्थी नेता बाबुराम नेपाली एमालेमा प्रवेश

बागलुङका वामपन्थी नेता बाबुराम नेपाली एमालेमा प्रवेश


बागलुङ – गलकोट नगरपिलका-११ रिघाका बाबुराम नेपाली आज नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनीति गर्नु भएका नेपाली एमालेमा प्रवेश गर्नु भएको हो । पछिल्लो समय नेकपा माओवादी केन्द्रका आवद्ध उहाँ एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले, बागलुङको बुर्तिबाङमा जारी बैठकमा पार्टीका उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरूले स्वागत गर्नु भएको थियो । सो अवसरमा एमाले प्रवेश गर्दै नेपालीले कम्युनिष्टका नाममा साना साना झुपडीको आवश्यकता नरहेको बताउँदै अब एउटै कम्युनिष्ट पार्टीले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।