अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थापना दिवसको अवसरमा प्रेस चौतारी झापाद्वारा आचारसंहिता सम्बन्धी अन्तरक्रिया

स्थापना दिवसको अवसरमा प्रेस चौतारी झापाद्वारा आचारसंहिता सम्बन्धी अन्तरक्रिया


बिर्तामोड – प्रेस चौतारी नेपाल झापाले स्थापना दिवसको अवसरमा पत्रकारिता आचारसंहिता सम्बन्धी अन्तरक्रिया गरेको छ ।

चौतारीको २४औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा आचारसंहिता विषयक अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले सहजीकरण गर्नु भएको थियो।  उहाँले पत्रकारितामा पालना गर्नुपर्ने आचारसंहिताका बारेमा चौतारीमा आवद्ध सदस्यहरुलाई सहजीकरण गर्नुभएको थियो । आचारसंहिता पालना गरेर मात्रै पत्रकारिता गर्न उहाँको सूझाव थियो ।

प्रेस चौतारी झापाद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले आफ्नो सिङ्गो पार्टी समयमा नै चुनाव गराउन परमादेशबाट बनेको सरकारलाई दबाव दिइरहेको बताउनुभयो । उहाँले स्थानीय निर्वाचन गर्न पनि दबाव दिइरहनु परेको बताउनुभयो ।

अध्यक्ष कार्कीले एमालेको दबाव नभए परमादेशी सरकार निर्वाचन गर्न तयार नहुने बताउँदै प्रेस चौतारीलाई निर्वाचनका लागि पार्टीको एजेण्डाको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।

सो कार्यक्रममा प्रेस चौतारी नेपालको स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा संगठनका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष गोपाल काफ्लेले प्रकाश पार्नुभयो ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सन्तोष आचार्य, पार्टीका प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल र बिर्तामोड उध्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली लगायतले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।