अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीलाई लेखेको पत्रको खण्डन अध्यक्ष प्रचण्डले गर्नुपर्छ : जगन्नाथ खतिवडा

एमसीसीलाई लेखेको पत्रको खण्डन अध्यक्ष प्रचण्डले गर्नुपर्छ : जगन्नाथ खतिवडा


काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले अमेरिकी सहायता परियोजना (एमसीसी) बारे पत्रको खण्डन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिनुभएको छ ।

नेपालमा राष्ट्रिय सहमति कायम गरेर एमसीसी पारित गर्ने प्रतिवद्धतासहित प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पठाएको पत्र सार्वजनिक भएको छ । पत्र सार्वजनिक भएसँगै यतिखेर चर्चा र बहस शुरु भएको छ ।

‘अध्यक्ष प्रचण्डलाई देशभक्त नेपाली नागरिकको रुपमा र कम्युनिष्ट पार्टीको अध्यक्षका रुपमा आफूलाई परीक्षण गर्ने सुन्दर मौका प्राप्त भएको छ,’ खतिवडाले भन्नुभयो, ‘एमसीसी बारे पत्रको खण्डन गर्नुहोस् ।’

पत्र सार्वजनिक भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई फोन गरेर आपत्ति जनाउनु भएको थियो । तर, उहाँले यसबारे अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेका छैनन् ।