अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लमजुङमा पुनः भूकम्पको धक्का

लमजुङमा पुनः भूकम्पको धक्का


लमजुङ – लमजुङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३:२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन् । जिल्लामा यसअघि क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर यही माग १३ गते राति १० बजेर ३४ मिनेट जाँदा २।५ रेक्टर स्केलको भूकम्प गएको  थियो ।

गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पका धक्का महसुस हुने गरेको छ । सो यता हालसम्म साना ठूला गरेर १५० भन्दा बढी पटक भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।