काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरोबाट बढी प्रभावित धादिङको गल्छी गाउँपालिकाका विभिन्न स्थानको स्थलगत अवलोकन गरेका छन्।
गल्छी पुगेर अध्यक्ष ओलीले विपद्का कारण भएको क्षतिको अनुगमन गर्नुका साथै प्रभावित स्थानीयवासीसँग भेट गरी उनीहरूका गुनासा र समस्याबारे जानकारी लिएका हुन्।
बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जी फिन्टलगायत एमाले निकट संघ–संगठनका कार्यकर्ताले उद्धार, राहत तथा पुनःस्थापनाको काम गरिरहेका छन्।
अध्यक्ष ओलीले त्यसपछि नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गरेका छन्। उनले विपद्बाट प्रभावित नागरिकको अवस्था, उद्धार तथा राहतका गतिविधिबारे जानकारी लिएका हुन्।















प्रतिक्रिया