काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बालुवाटार बैठकबारे आफ्नो पार्टीलाई जानकारी नभएको बताउनुभयो ।
आइतबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा बैठक भएको छ।
सो बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी नरहेको पार्टी प्रवक्ता खतिवडाले बताउनुभयो ।
‘हाम्रो पार्टीको जानकारीमा छैन, त्यही भएर माधव नेपाल नजानुभएको हो’ प्रवक्ता खतिवडाले भन्नुभयो।
प्रतिक्रिया