अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवैध सुन, मोबाइल र ल्यापटपसहित चारजना पक्राउ

अवैध सुन, मोबाइल र ल्यापटपसहित चारजना पक्राउ


काठमाडौं – अवैध रुपमा भन्सार छली ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चारजनालाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिक-८ का ३० वर्षीय पदमबहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मानसिंह विश्‍वकर्मा, झापा शिवसताक्षी नगरपालिका-९ का २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ का ३२ वर्षीय गोकुल डल्लाकोटी छन् ।

जजिरा एयरको फ्लाइटद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका पदमबहादुर अधिकारी, पदमबहादुर अधिकारी र समिर रसाइली गरी तीनैजनाको साथबाट ५८/५८ ग्राम बराबरको सुनको सिक्री, तीन-तीन थान मोबाइल र एक-एक थान ल्यापटपसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त सामानहरू भन्सार छली गरी ल्याउन लगाउने गोकुल डल्लाकोटी रहेको बताएको छ । उक्त सामान लिन आएका गोकुलसमेतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूबाट बरामद गरिएका सामानहरूसहित आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।