अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसिसी अगाडि बढाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग सहयोग माग्दै

एमसिसी अगाडि बढाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग सहयोग माग्दै


काठमाडौं – एमसिसी सम्झौता अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग माग्नु भएको छ ।

आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी अघि बढाउन एमाले अध्यक्ष ओलीसँग सहयोग माग्नु भएको थियो ।

बैठकमा सहभागी रहेका एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री देउवाले आज अध्यक्ष ओलीलाई छलफलमा बोलाएको र स्थानीय चुनाव तथा एमसिसीलगायतबारे छलफल भएको बताउनुभयो ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलगायतका विषय अघि बढाउन सहयोग माग्नुभएको छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि हुनुहुन्थ्यो । उहाँले चुनावपछि मात्रै एमसिसी अगाडि बढाउन उचित हुन्छ भनेर भन्नुभयो । संसद खुलाउन प्रतिपक्षीले सहयोग गर्नुपर्दछ भन्नेखालका कुरा गर्नुभयो ।’

सत्तापक्षले एमसिसीबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेको छैन हामी हतारिँदैनौं महासचिव पोखरेल भन्नुभयो । स्थानीय चुनाव समयमै हुनुपर्ने जोड एमालेको रहेको पोखरेलले बताउनुभयो ।