अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष प्रचण्डको प्रस्ताव- एमसीसी चुनावपछि मात्र अघि बढाउने प्रस्ताव गरौं

अध्यक्ष प्रचण्डको प्रस्ताव- एमसीसी चुनावपछि मात्र अघि बढाउने प्रस्ताव गरौं


काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनावपछि मात्रै संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव गर्नु भएको छ ।

आज सत्तारुढ साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउन सहयोग माग्नुभएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई चुनावसम्म स्थगित गर्ने प्रस्ताव गर्नुभएको महासचिव पोखरेलले बताउनुभयो ।

‘एमसीसीका सन्दर्भमा उहाँले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गरोस् वा संयुक्त रुपमा प्रतिपक्ष समेत भएर चुनाव पछाडि मात्र अगाडि बढाउन उचित हुन्छ भनेर प्रस्ताव पठाउँ भनेर आग्रह गर्नुभएको छ,’ एमाले महासचिव शंकर पोखरेलले भन्नुभयो ।