अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा भोलिदेखि सवारी साधनको जोर-बिजोर हट्ने, अरु के-के गर्न पाइन्छ ?

काठमाडौंमा भोलिदेखि सवारी साधनको जोर-बिजोर हट्ने, अरु के-के गर्न पाइन्छ ?


काठमाडौं – काठमाडौं उपत्यकामा सोमबार (भोलि) देखि जोर बिजोर प्रणाली हटेको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

साथै फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ । फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ । तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।