अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी सांसद किराँतीको प्रस्ताव :  एमसीसीबारे जनमतसंग्रह गरौं

माओवादी सांसद किराँतीको प्रस्ताव :  एमसीसीबारे जनमतसंग्रह गरौं


काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) बारे जनमत संग्रह वा गोलमेच सम्मेलन गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्र लेख्नु गल्ती भएको बताउनुभयो ।

बैठकमा सांसद किराँतीले एमसीसीको विरोधमा सडकमा जनता बोलिरहेको अवस्थामा राम्रै हो भन्ने हो भने जनमत संग्रह गर्न तयार हुनुपर्ने बताउनुभयो । ‘एमसीसीविरुद्धमा सडकमा जनता बोलिरहेका छन् । यदि राम्रो भन्ने हो भने गोलमेच सम्मेलन गरौं या एमसीसीबारे जनमत संग्रह गरौं’ सांसद किराँतीले भन्नुभयो ।

किराँतीले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले असोज १३ गते लेखेको पत्र असोभनीय भएको पनि बताउनुभयो ।