अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावको मिति तोक्नु स्वागत योग्य, अब हामी निर्वाचनको तयारीमा लाग्छौँ :  विष्णु रिमाल

चुनावको मिति तोक्नु स्वागत योग्य, अब हामी निर्वाचनको तयारीमा लाग्छौँ :  विष्णु रिमाल


काठमाडौं – नेकपा एमालेले सरकारले २०७९ वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत गरेको छ ।

स्थानीय तह निर्वाचन ऐनअनुसार चुनाव घोषणा हुँदैन कि भन्ने शंका र चिन्ता बढिरहका बेला सरकारले चुनाव मिति घोषणा गरेको छ । त्यसैले अब निर्वाचनको तयारीमा लाग्ने एमाले उपमहासचिव विष्णु रिमालले बताउनुभयो । ‘कानुनअनुसार स्थानय तह निर्वाचन हुँदैन कि भन्ने अवस्थाले चिन्ता बढाएको थियो । तर, सरकारले चुनावको मिति घोषणा गरेको छ,’ उपमहासचिव रिमालले भन्नुभयो, ‘सरकारले निर्वाचन गराउनकै लागि मिति घोषणा गरेको हुँदा अब आशंका गर्ने कुरा भएन । हामी निर्वाचनको तयारीमा लाग्छौँ ।”