अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदाता नामावली संकलन कार्य भोलिदेखि स्थगित

मतदाता नामावली संकलन कार्य भोलिदेखि स्थगित


काठमाडौं –निर्वाचन आयोगले मंगलबार (भोलि)देखि मतदाता नामावली संकलनको काम रोक्ने भएको छ। आज बसेको आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो।

आज स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावली संकलनको काम मंगलबारदेखि स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयो । आयुक्त थपलियाले नामावली संकलनको काम स्थगित गरेर भोलिदेखि नै अद्यावधिक गर्ने काम गर्ने बताउनु भयो । ‘भोलिबाट मतदाता नामावली संकलनको काम हुँदैन,’ उहाँले भन्नुभयो, ‘अद्यावधिक गरेर बाँकी तयारीमा अघि बढ्छौं।’