अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगर-१८ क्षेत्रलाई ‘बर्ड फ्लु’ प्रभावित क्षेत्र घोषणा

विराटनगर-१८ क्षेत्रलाई ‘बर्ड फ्लु’ प्रभावित क्षेत्र घोषणा


काठमाडौं – सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी विराटनगर महानगरपालिका–१८ को क्षेत्रलाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्नुभएको हो ।