अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकोटमा अध्यक्ष ओलीसँग शेखर कोइरालाको भेटवार्ता

बालकोटमा अध्यक्ष ओलीसँग शेखर कोइरालाको भेटवार्ता


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गर्नुभएको छ ।

नेता कोइराला मंगलबार अध्यक्ष ओलीलाई भेट्न उहाँकै निवास भक्तपुर बालकोट पुग्नु भएको हो । उहाँहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।

भेटमा एमसीसी र संसद सुचारु गर्ने लगायतका विषयमा पनि कुराकानी भएको बताइएको छ । कोइराला निकट स्रोतका अनुसार पूर्वनिर्धारित कार्यक्रम अनुसार भेटघाट भएको बताइएको छ ।

यसअघि ओली प्रधानमन्त्री हुँदा पनि कोइराला ओलीलाई भेट्न बालुवाटार नै पुग्नु भएको थियो ।