अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले केन्द्रीय सदस्यले कमल थापालाई भने– ‘एमालेमा आउनुस्, स्वागत छ’

एमाले केन्द्रीय सदस्यले कमल थापालाई भने– ‘एमालेमा आउनुस्, स्वागत छ’


काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले राप्रपा परित्याग गरेका पूर्वअध्यक्ष कमल थापालाई आफ्नो पार्टीमा आउन अपिल गर्नुभएको छ ।

केन्द्रीय सदस्य गोविन्द थापाले फेसबुकमा लेख्नुभएको छ, ‘कमल थापा अनुभवी र खारिएको नेता हुनुहुन्छ । उहाँले नयाँ पार्टी खोल्नु ठिक होइन । देशलाई निकास र विकास दिन नेकपा एमाले नै चाहिएको तथ्य उहाँजस्तो विद्वान नेताले बुझ्नुपर्छ । कमल थापा एमालेमा आउनुस्, ह्रदयदेखि स्वागत गर्न तयार छौं ।’

थापाले पार्टी परित्याग गरे पनि आगामी योजनाबारे भने केही बताउनुभएको छैन ।