अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सिन्धुपाल्चोक अध्यक्षमा नेपाल

एमाले सिन्धुपाल्चोक अध्यक्षमा नेपाल


सिन्धुपाल्चोक – नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।  अध्यक्षमण्डलले अध्यक्षमा कमल नेपालसहित पदाधिकारीको टुंगो लगाएको हो ।

उपाध्यक्षमा रामचन्द्र बस्नेत र उपसचिवमा शशीला पाख्रिन र चिरन तामाङलाई चयन गरेको छ ।

पुस २३ गते बाह्रविसेमा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । त्यसपछि विभिन्न कारण नेतृत्व चयन हुन सकेको थिएन ।

सिन्धुपाल्चोक एमाले अध्यक्षका लागि नेपालसहित केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका थिए ।