अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस पदाधिकारी बैठकअघि शेखर समूह छुट्टै छलफलमा

कांग्रेस पदाधिकारी बैठकअघि शेखर समूह छुट्टै छलफलमा


काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि संस्थापनइतर पक्ष छुट्टै छलफलमा जुटेका छन्। बैठक बस्नुअगाडि बालुवाटारमा नै शेखर कोइराला पक्ष छुट्टै छलफलमा बसेको हो।

स्थानीय तहको निर्वाचन, एमसिसीलगायत समयसामयिक विषयमा कोइरालाले आफ्नो समूहका नेताहरूसँग छलफल गर्न बैठक बोलाउनु भएको हो ।

बैठकमा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारी, बलबहादुर केसी, अर्जुनरसिंह केसी, मिनेन्द्र रिजाललगायत रहेका छन्।

कोइरालाले मंगलबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्नुभएको थियो ।

पदाधिकारी बैठकले कार्यसम्पादन समिति बैठको एजेण्डा तय गर्ने छन् ।