काठमाडौं- स्थानीय तहको निर्वाचन घोषणा भइसकेपछि एमाले प्रवेशको लहर अझै बढेको छ । जिल्ला र पालिका तहबाट विभिन्न पार्टी त्यागेर एमाले प्रवेशको लहर बढी रहेको छ । मधेस प्रदेशमा पनि यो क्रमले निरन्तरता पाएको छ ।
आज बारा जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधि सहित १७ जना नेताहरु एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई एमालेमा स्वागत गर्नु भएको पोलिटव्यूरो सदस्य अच्यूत मैनालीले जानकारी दिनुभयो । बाराको पचरौता गाउँपालिकाका वडा नं ५ का वडाध्यक्ष लक्ष्मी यादव संघीय समाजवादी पार्टी त्यागेर एमालेमा प्रवेश गर्नुभएको छ ।
यसैगरी संघीय समाजवादी पार्टीका नेता सुरेन्द्र ठाकुर क्षेत्र नं २ का क्षेत्रीय उपाध्यक्ष सुरेन्द्र ठाकुर सहितका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
उहाँहरुलाई एमाले प्रवेश गराउन पोलिटव्यूरो सदस्य मैनालीको नेतृत्वमा जिल्ला अध्यक्ष विनोद साह, प्रदेश कमिटी सदस्यहरु जलन्धर सिंह,अम्बिका चौलागाईं जिल्ला नेताहरु भोला गौतम, सुरेश यादव लगायत बालकोट जानुभएको थियो ।
एमालेमा स्वागत गरेपछि अध्यक्ष ओलीले सबैलाई उपयुक्त जिम्मेवारी दिइने बताउनुभएको छ । उहाँले फागुनको दोस्रो सातासम्ममा विशाल जनसभालाई सम्बोधन गर्न बारा आउने वचन दिनुभएको मैनालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया