अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीले जिम्मेवारी दिए फेरि काठमाडौंको मेयरमा उठ्छु : विद्यासुन्दर शाक्य

पार्टीले जिम्मेवारी दिए फेरि काठमाडौंको मेयरमा उठ्छु : विद्यासुन्दर शाक्य


काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेकपा एमालेले जिम्मेवारी दिए पुनःमहानगरको प्रमुखमा आफ्नो दाबेददारी रहेको बताउनु भएको छ ।

बिहीवार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताउनु भएको हो । उहाँले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बतउनु भयो । प्रमुख शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताउनु भयो ।

मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरूको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताउनु भयो । मेयर शाक्य भन्नुहुन्छ, ‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त भनी नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यक्ताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । अर्को भनेको महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौँ । विकास निर्माणका काम भनेको निरन्तर रुपमा चल्ने हो, कहिले पनि सकियो भन्ने हुँदैन । एउटा सकिन्छ, अर्को काम शुरु हुन्छ । यो निरन्तर रुपमा चलिरहन्छ ।’

मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवद्र्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताउनु भयो । उहाँले महानगरको नीति अनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने बताउनु भयो ।

मेयर शाक्यले भन्नुभयो, ‘काठमाडौं महानगरपालिका ऐतिहासिक, सांस्कृतिक शहर हो । जत हेर्दा पनि मन्दिर नै मन्दिर छन् । पार्टी पौवाहरु प्रशस्त छन् । त्यो बेला जसले बनाए पनि अहिले हाम्रो लागि सम्पदा बनेका छन् । सम्पदालाई संरक्षण गर्नु, प्रवद्र्धन र पर्यटनसँग जोड्नु महानगरको नीति नै रहेको छ । त्यहीअनुसार हामीले शुरु देखि नै भनिरहेका छौँ । यहाँका जति पनि सम्पदा, मठ मन्दिर छन्, आफ्नो महत्व बोकेका छन् । हामीले सबै पुनर्निर्माण गरिदिन्छौँ भनेका थियौँ । त्यहीअनुसार पुनर्निर्माणलाई निरन्तरता दिइरहेका छौँ ।’

मेयर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौंको विकासका लागि महानगर लागि रहने प्रतिवद्धता समेत जनाउनु भयो ।

सरकारले २०७९ वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । स्थानीय तह निर्वाचनको तयारीमा आयोग र राजनीतिक दलहरू जुटेका छन् ।