अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालो लुगामा युवा सङ्घद्वारा सरकार विरुद्ध प्रदर्शन (फोटोफिचर)

कालो लुगामा युवा सङ्घद्वारा सरकार विरुद्ध प्रदर्शन (फोटोफिचर)


काठमाडौं – नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले गठबन्धन सरकारको जनघाती कदम विरुद्ध सडकमा बृहत् प्रदर्शन गरेको छ ।

आज काठमाडौंमा युवा सङ्घ नेपालले सरकारको जनघाती कदम विरुद्ध बृहत् प्रदर्शन गरेको हो । सरकारविरुद्धको प्रदर्शनमा सम्बोधन गर्दै राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले सरकारले गरेको गल्तीका विरुद्ध खबरदारी अझै बढाउँदै लैजाने बताउनु भयो । उहाँले भन्नुभयो सरकारले युवाहरुको आवज नसुने आन्दोलन अझ ससक्त बनाउने चेतावनी दिनुभयो ।

राष्ट्रिय युवा संघ नेपालले गरेको आयोजना कार्यक्रममा स्थानीय तह निर्वाचनको स्वीकार्यता, मन्त्री रेणुकुमारी यादवको बर्खास्ती, मूल्यवृद्धि खारेज, नेपाली भूमि फिर्ता, खोप चोरी प्रकरणमा संलग्न स्वास्थ्य मन्त्रीलाई कारबाही लगायतका माग राख्दै प्रदर्शन गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालले स्थानीय निर्वाचनको माग गर्दै आन्दोलन गर्दै थियो । जसअनुरुप सरकारले निर्वाचन समेत घोषणा गरेको थियो   ।