काठमाडौं – नेकपा (एमाले)ले आगामी फागुन २ गतेको प्रतिनिधिसभा बैठक स्थगित गर्न माग गरेको छ । एमालेले संसद् सचिवालयमा बैठक स्थगित गर्न आग्रह समेत गरिसकेको छ ।
सरकारले अमेरिकी सहयोग सम्झौता एमसीसी टेबुल गर्ने तयारीसहित २६ गतेको बैठक फागुन २ गतेका लागि सार्न आग्रह गरेपछि सभामुखले फागुन २ गतेका लागि बैठक तोक्नुभएको थियो । तर, असोज ३ गते यता लगातार संसद अवरोध गरिरहेको र संसदको सबैभन्दा ठूलो पार्टीले नै संसद बैठक स्थगित गर्न माग गरेपछि सभामुख अप्ठेरोमा परेका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बैठक स्थगित गर्न सचिवमार्फत् आग्रह गर्नु भएको हो।
प्रमुख सचेतक भट्टराई भन्नुहुन्छ, ‘नेकपा एमालेको स्थानीय तह परिचालन विभाग र स्कुल विभागले फागुन २ गते विराटनगरमा भेला आयोजना गरेको छ, त्यसमा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरु सहभागी हुने भेलामा प्रदेशभित्रका सबै सांसदहरु पनि सहभागी हुनुपर्ने छ ।’

प्रतिक्रिया