अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदिराको लतमा हतियार प्रहार, सहकर्मी पक्राउ

मदिराको लतमा हतियार प्रहार, सहकर्मी पक्राउ


काठमाडौँ – काठमाडौँ महानगरपालिका-१५ ठाडो भ¥याङस्थित ग्रिल कारखानाका मजदुरलाई मदिराको लतमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

यसरी फेला पर्नेमा सोही कारखानामा काम गर्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ घर बताउने ४८ वर्षीय मिलन खत्री रहेका छन् । उनीमाथि नुवाकोटको विदुर नगरपालिका-१ घर भएका २२ वर्षीय विकास आचार्यलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग रहेको महानगरीय प्रहरी कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ ।

खोजतलासका क्रममा गए राति पक्राउ परेका उनले मदिरा सेवन गरी आपसी विवाद हुँदा आचार्यमाथि चक्कु र बञ्चरोले गर्धन र टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेलाई मनमोहन मेमोरियल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ । उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।