अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बलात्कार अभियोगका अभियुक्त ९ वर्षपछि पक्राउ

बलात्कार अभियोगका अभियुक्त ९ वर्षपछि पक्राउ


सुर्खेत – बलात्कार मुद्दामा अदालतले ९ वर्ष सजाय तोकेका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा-१६ का २० वर्षीय रुद्रबहादुर खड्कालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको टोलीले हिजो पक्राउ गरेको हो ।

जिल्ला अदालत सुर्खेतको गत १३ असोजको फैसलाले खड्कालाई ९ वर्ष ११ महिना २१ दिन कैद र चार लाख जरिवाना तोकेको थियो ।

सादा पोसाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर घण्टाघर नजिकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएको जनाइएको छ ।