अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको स्थानीय चुनाव केन्द्रित प्रशिक्षण विराटनगरमा सुरु

एमालेको स्थानीय चुनाव केन्द्रित प्रशिक्षण विराटनगरमा सुरु


विराटनगर – नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण विराटनगरमा सुरु भएको छ ।

उपाध्यक्ष विष्णु पौडेलले प्रशिक्षणको उद्घाटन गर्दै एमालेले स्थानीय तहको निर्वाचनमा बहुमत स्थानमा जित हासिल गर्ने बताउनुभयो ।

कार्यक्रममा उपमहासचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य अग्नी खरेल, पोलिटव्यूरो सदस्य एवं स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले लगायतले प्रशिक्षण दिनुहुनेछ ।

प्रशिक्षणमा एमालेका केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्लाका पदाधिकारी,पालिकाका प्रमुख,उपप्रमुख लगायतको सहभागिता रहेको छ ।

 १७ दिनसम्म सञ्चालन हुने प्रशिक्षणको यो अभियान फागुन १७ गते धनगढीमा समापन हुने एमालेले जनाएको छ ।