अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि पाकिस्तानका राजदूत सयैद हैदर शाह आज ओली निवास बालकोट पुग्नुभएको छ ।

नेपाल र पाकिस्तानको दुई पक्षीय सम्बन्धलाई थप सुदृढ पार्नका लागि शाह अध्यक्ष ओलीलाई भेट्न गएको दूतावासले जानकारी दिएको हो ।

भेटका क्रममा राजदूत शाहले ओली प्रधानमन्त्री हुँदा दुई देशबीचको सम्बन्धलाई अघि बढाउन खेलेको भूमिकाको स्मरण गराउनु भएको थियो । अध्यक्ष ओलीले भविष्यमा पनि नेपाल र पाकिस्तानको सम्बन्ध सुदृढ गर्न सकारात्मक भूमिका खेल्ने पनि उहाँले आशा व्यक्त गर्नुभयो । जवाफमा ओलीले पनि राजदूतलाई धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध अझै उन्नत हुने विश्वास व्यक्त गर्नुभयो ।