काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग ठीक बाटो नभएको बताउनु भएको छ ।
उहाँले न्यायालयमा जारी अराजकता अन्त्य गर्न आवश्यक भए पनि त्यसका लागि महाभियोगको बाटो ठीक नभएको बताउनु भएको हो ।
नेता थापाले सामाजिक सञ्जालमा लेख्न भएको छ, ‘न्यायालयमा लामो समयदेखि कायम अराजकताको अन्त्य आवश्यक थियो । तर, महाअभियोग ठीक बाटो होइन । विगतमा पनि कांग्रेस र माओवादी मिलेर तत्कालीन प्रन्या सुशीला कार्कीविरुद्ध महाभियोग लगाउँदा नैतिकताका आधारमा हामी सरकारबाट अलग भएका थियौँ । यस्ता कार्यले न्यायपालिकाको स्वतन्त्र अस्तित्त्वमा आघात पुग्छ ।’
पाँच दलीय सत्ता गठबन्धनले आज राणाविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएको छ।

प्रतिक्रिया