अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा र डेमोक्रेसी सँगै हिँड्न दुर्लभ हुन्छ भन्ने कुरा अब शंका रहेन : गोकुल बास्कोटा

देउवा र डेमोक्रेसी सँगै हिँड्न दुर्लभ हुन्छ भन्ने कुरा अब शंका रहेन : गोकुल बास्कोटा

अब वक्ररेखे राजनीतिमा कडा ब्रेक हानिदिनुपर्छ


काठमाडौं – नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतन्त्र सँगै हिँड्न गाह्रो छ भन्ने कुरा प्रष्ट भएको टिप्पणी गर्नुभएको छ ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोग दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दलका नेता बाँस्कोटाले प्रधानमन्त्री देउवाको आलोचना गर्नु भएको हो ।

सत्ता गठबन्धनको रणनीतिलाई ‘वक्रे रेखे राजनीति’को संज्ञा दिँदै पूर्वमन्त्री बाँस्कोटाले त्यसमा अब कडा ‘ब्रेक’ हानिने चेतावनी दिनु भएको छ ।

‘देउवा र डेमोक्रेसी सँगै हिँड्न दुर्लभ हुन्छ भन्ने कुरा अब शंका रहेन। स्वयंसिद्ध तथ्य नै साबित भयो’, बाँस्कोटाले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘पहिले दरबारसँग, अहिले परमादेशी कोटरीसँग मिलेर। जे होस्, छलाङमय दिनको छनोट निकै राम्रो। अब वक्र रेखे राजनीतिमाथि कडा ब्रेक हानिदिनुपर्छ। राजनीतिमा सरल रेखा पनि हुन्छ भन्ने पुष्टि गर्न ।’