अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३७ केजी गाँजासहित दुईजना पक्राउ

३७ केजी गाँजासहित दुईजना पक्राउ


सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–४ बाट ३६ केजी ८७० ग्राम अवैध लागूऔषध गाँजासहित २ दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका–१ ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण बहादुर ब्लोन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

साथै सोही कार्यालयबाट खटिएको प्रहरीले मरिण गाउँपालिका–७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोलेलाई समेत करिब ३२ किलो अवैध लागूऔषध गाँजा सहित गएराति पक्राउ गरेको छ ।