अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शैक्षिक सत्र वैशाखदेखि नै सुरु गर्ने तयारी

शैक्षिक सत्र वैशाखदेखि नै सुरु गर्ने तयारी


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र वैशाख महीनाभित्रै सुरु गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतभरि पढाइ हुने र वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने बताउनु भएको छ । कक्षा-१ मा नयाँ भर्ना लिन परीक्षाले फरक नपार्ने मन्त्रालयका प्रवक्ता शर्माले बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै हुन्छ । नतिजा प्रकाशन, पुस्तक वितरण साथै  पठनपाठन सुरु गर्ने तरिकाले स्कुलहरुले मिलाउनुपर्छ ।’

वैशाखदेखि सुरु भएर चैतमा सकिने शैक्षिक सत्र कोरोना माहामारीका कारण दुई महिना पछि धकेलिएको थियो । २०७७ सालमा मन्त्रिपरिषद्ले शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र परिवर्तनको अधिकार दिएपछि शिक्षा मन्त्रालयले असार १ बाट शैक्षिक सत्र सुरु हुने निर्णय गरेको थियो ।

शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्ने नियम छ । सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करीब २०० दिन विद्यालय सञ्चालन हुनुपर्छ ।