अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबिनाको सर्वदलीय बैठक सकियो

एमालेबिनाको सर्वदलीय बैठक सकियो

बैठकमा संसद खुलाउन पहल गर्ने निर्णय, एमसीसी पेश गर्ने एजेण्डा


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठक सकिएको छ।

आज सिंहदरबारमा बसेको सर्वदलीय बैठक करीब चार घण्टासम्म चलेको थियो । तर सो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी भएन ।

बैठकबारे जानकारी गराउँदै सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई सुचारु गराउने र छलफल अघि बढाउनेबारे कुरा भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले उपस्थित भएन । एमाले उपस्थित नभए पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीसहितले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग र अमेरिकी परियोजना एमसीसीबारे छलफल भयो ।’

सभामुख सापकोटाले एमसीसीबारे पनि बैठकमा उपस्थित सबै दलका नेताले धारणा राखेको पनि बताउनु भयो । उहाँले सदन सुचारु गर्ने र विपक्षी दल एमालेसँग छलफलको वातावरण बनाउनेबारे सबै नेताहरूको एकमत रहेको बताउनु भयो ।

सभामुख भन्नुहुन्छ- ‘एमसीसीबारे सबैले धारणा राखेका छन्। सबैका धारणालाई तटस्थ र स्वतन्त्र रुपमा सुनेको छु । सदनलाई सुचारु गर्ने कुरा र छलफलको वातावरण बनाउने कुरा नै अहिलेको राष्ट्रको सबैभन्दा महत्वपूर्ण कुरा भन्ने कुरामा सबैको एकमत छ,’ सापकोटाले भन्नुभयो, ‘सभामुखका हैसियतले मैले स्वतन्त्र र निष्पक्ष रुपमा निर्णय गर्नुपर्छ।’