अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राजवंशी समुदायले भन्यो- ‘प्रदेश १ को नाम विराट राखौं’, छुट्टै आरक्षणको माग

राजवंशी समुदायले भन्यो- ‘प्रदेश १ को नाम विराट राखौं’, छुट्टै आरक्षणको माग


मोरङ- प्रदेश नं १ लाई विराट प्रदेश नामकरण गर्न राजवंशी समाज उत्थान समिति (विराट) ले माग गरेको छ। फागुन ६ गते हुने समितिको १५औँ बृहत् भेलापूर्व सोमबार आयोजित आयोजित गरिएको पत्रकार सम्मेलनमा विराट राजासँग जोडिएको विराट राजवंशीहरु पूर्वी नेपालको आदिवासी भएकाले यस क्षेत्रको सामूहिक पहिचानका लागि प्रदेशको नाम विराट हुनुपर्ने उसले माग गरेको हो।

समितिका केन्द्रीय अध्यक्ष भुवनेश्र मण्डलले विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत गर्नसमेत माग गरे। समितिले विराट राजवंशीलाई राज्यको हरेक अंगमा स्थान सुरक्षित गर्नुपर्ने, समुदायलाई विराटनगरको प्रथम जातिका रूपमा घोषणा गर्नुपर्ने, प्रदेशसभा सदस्यमा समानुपातिक रूपमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, विराटनगर महानगरपालिका, कटहरी, जहदा बुढीगंगा, धनपालथान र ग्रामथान गाउँपालिका क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद् बनाउनुपर्ने उनको भनाइ छ।

अध्यक्ष मण्डले समुदायको उत्थानका लागि प्रत्येक तह र अंगमा छुट्टै आरक्षणको व्यवस्था गनुपर्ने र विराटनगरको भेडियारीस्थित विराट दरबार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेलगायत माग संघीय र प्रदेश सरकारले यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। आफ्ना मागका सम्बन्धमा विगतमा जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको उनले जानकारी दिए।