अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिको संसद बैठकमा एमसीसी टेबल गराउने काँग्रेसको निर्णय

भोलिको संसद बैठकमा एमसीसी टेबल गराउने काँग्रेसको निर्णय


काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबार प्रतिनिधिसभामा एमसीसीलाई टेबल गराउने निर्णय गरेको हो ।

बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत आग्रह गर्नु भयो । कार्यव्यवस्था समितिको बैठकबाट एमसीसी टेबल गर्ने एजेण्डा बनाउन देउवाको आग्रह छ । संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।