अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाअभियोग निर्वाचन सार्ने षडयन्त्र हो : सचिव विष्ट

महाअभियोग निर्वाचन सार्ने षडयन्त्र हो : सचिव विष्ट


रुपन्देही – नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव निर्वाचन सार्ने षडयन्त्र भएको बताउनु भयो ।

पाँच दलीय सत्ता गठबन्धन सरकार संवैधानिक अराजकता र राजनीतिक अस्थिरता पैदा गर्न लागेको उल्लेख गर्दै पूर्वमन्त्री विष्टले महाअभियोगको प्रस्ताव ल्याएर देशमा अस्थिरता र संवैधानिक अराजकता पैदा गर्न लागेको दावी गर्नुभयो ।

बुटवलमा नेकपा एमाले ईस्मा–रुपन्देही सम्पर्क कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता विष्टले राणाप्रति व्यक्तिगत कुनै मोह नभएको र गुण/अवगुणबारे प्रचार गर्नु जरुरी नभएपनि महाअभियोग सत्तागठबन्धनको निर्वाचन सार्ने षडयन्त्रले आएको बताउनुभयो ।

नेता विष्टले एमालेका विरुद्धका चाल्ने कदमलाई पराजित गर्न, संविधानको मूल्य र मान्यता जोगाउन, संवैधानिक अंगको गरिमालाई जोगाउनका लागि चालिने कदममा पार्टी नपर्ने स्पष्ट पार्नुभयो ।  

गठबन्धनका दलसँग जनतामा स्थापित हुने कुनै कार्यक्रमहरु नभएकाले अहिले पनि माओवादी, एकीकृत समाजवादी दल चुनावसम्म गठबन्धनमा रहन चाहेको उहाँको भनाइ थियो । उहाँले भन्नुयो, ‘माओवादी, कांग्रेस, समाजवादी पार्टीसँग जनताको जीवनलाई बदल्ने, रुपान्तरण गर्ने, परिवर्तन गर्ने ठोस प्रकारका कार्यक्रमहरु नै छैन अनि एमालेसँगै एक्लाएक्लै चुनाव लड्ने हिम्मत आएको छैन ।’