अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४७ विद्यालय छनोट


दमौली – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४७ सामुदायिक विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनोट गरी मापदण्डसमेत सार्वजनिक गरिएको छ । छनोट भएका विद्यालय र कार्यक्रम सबै स्थानीय तह र विद्यालयले कार्यान्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनोट भएका विद्यालय र कार्यक्रमका लागि सङ्घीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ । छनोट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाइ तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।

कार्यक्रमका लागि भिमाद नगरपालिकाका छ, बन्दीपुर गाउँपालिकाका पाँच, भानु नगरपालिकाका पाँच, व्यास नगरपालिकाका सात, म्याग्दे गाउँपालिकाका तीन, आँबुखैरेनी गाउँपालिकाका चार, ऋषिङ गाउँपालिकाका चार, शुक्लागण्डकी नगरपालिकाका पाँच, घिरिङ गाउँपालिकाका चार र देवघाट गाउँपालिकाका चार विद्यालय छनोट भएका छन् ।