अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्तव्य ज्यान मुद्दाका आरोपी ३७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका आरोपी ३७ वर्षपछि पक्राउ


काठमाडौं – कर्तव्य ज्यान मुद्दाका आरोपीलाई प्रहरीको केन्द्रीय अनुसन्धानन ३७ वर्षपछि आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका १० बस्ने सुनबहादुर तामाङ रहेका छन् ।

उनीमाथि विसं २०४१ सालमा सोही ठाउँका कान्छो भन्ने गणेशबहादुर नगरकोटीलाई कर्तव्य गरी मारेको आरोप छ । ललितपुर जिल्ला अदालतबाट विसं २०४४ मा साविक मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १९० बमोजिम उक्त मुद्दा मुल्तबीमा रहने गरी फैसला भएको थियो ।

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि ब्यूरोबाट परिचालित टोलीले तामाङ्लाई आज ललितपुरको सल्यानगाउँबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।