अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीलाई लिएर हिंसात्मक गतिविधि स्वीकार्य छैन : अमेरिका

एमसीसीलाई लिएर हिंसात्मक गतिविधि स्वीकार्य छैन : अमेरिका


काठमाडौं – हिजोआज नेपालमा एमसीसी विषयलाई लिएर सडकदेखि सदनसम्म तीव्र मतभेद बढिरहेका बेला अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक क्रियाकलापलाई स्वीकार्न नसकिने बताएको छ।

एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकमा भइरहेका प्रदर्शनमा हिंसात्मक झडप हुन थालेपछि अमेरिकाले मुख खोलेको हो।

नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले एमसीसीबारे वास्तविकतामा आधारित बहस र टिप्पणीलाई सधैँ स्वीकार्ने बताउनु भएको छ । उहाँले एमसीसीबारे अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक भएको बताउँदै त्यो लोकतन्त्रमा अन्तर्निहित अधिकार हो भन्नुभएको छ । तर राजदूत बेरीले एमसीसीको विरोधका नाममा हुने हिंसात्मक गतिविधि भने कदापि स्वीकार्य नहुने जनाउनु भएको छ ।

अमेरिकी राजदूत र्‍यान्डी बेरी भन्नुहुन्छ- ‘हामी एमसीसीका विषयमा वास्तविकतामा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौँ । आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रमा अन्तर्निहीत कुरा हो। मानिसहरूलाई शान्तिपूर्वक आफ्ना विचारहरू आदान-प्रदान गर्न अनुमति दिनुपर्छ । तर हिंसा र हिंसालाई उक्साउने कुरा कदापि स्वीकार्य छैन।’