अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखद्धारा कार्यव्यवस्था समितिको बैठक आह्वान

सभामुखद्धारा कार्यव्यवस्था समितिको बैठक आह्वान


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नु भएको छ ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भोलि फागुन ८ गते बिहान साढे ११ बजे सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको हो ।

भोलि आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। उक्त बैठकमा प्रस्तुत गर्ने कार्यसूची तय गर्न कार्यव्यवस्था बैठक डाकिएको हो ।

अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीलाई संसदको कार्यसूचीमा लैजाने नेपाली कांग्रेसको प्रयास कार्यव्यवस्थामा सहमति नजुटेकोले सफल भएको छैन।