अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी टेबल गर्न माओवादीको लिखित असहमति

एमसीसी टेबल गर्न माओवादीको लिखित असहमति


काठमाडौं – एमसीसी टेबल गर्न माओवादीले असहमति जनाएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माओवादी केन्द्रका प्रमुख सचेतक लगायतका नेताहरु असहमति पत्र पेश गरेका गर्नु भएको हो ।

संघीय संसद भवन नयाँ बानेश्वरस्थित कमल हलमा जारी बैठकमा सचेतक देव गुरुङ, सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा राखेको असहमति पत्र पेस गर्नु भएको हो ।

आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठकबाट एमसीसी संसदमा टेबल गर्ने निर्णय भएको हो।

समितिको बैठकमा एमसीसी टेबल गर्नेबारे निर्णय सुनाउँदै सभामुख सापकोटाले भभने, ‘नेपाली समाजलाई ध्रुवीकरण रोक्न जनताको सार्वभौम संसदमा लाने भावनालाई सम्मान गरि टेबुल गरौँ।’