काठमाडौं – प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।
तर, एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लागिएकोमा विरोध जनाउनु भएको छ । नेता रावलले प्रमुख प्रतिक्षको अवरोधबीच एमसीसी टेबुल गर्नु आपत्तिजनक रहेको बताउनु भयो । ‘विपक्षी पार्टीले विरोध गरिरहेका बेला एमसीसी कसरी अगाडि बढ्छ ?’, रावलले भन्नुभयो, ‘सरकारमा रहेका दलहरुबीच सहमति नभइरहेको अवस्थामा जनताको भावना विपरित टेबुल गरिने कुरा आपत्तिजनक छ ।’
यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताउनु भएको थियो ।
एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया