अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एससीसी पेस गर्ने भएपछि सांसदको चर्को विरोध

एससीसी पेस गर्ने भएपछि सांसदको चर्को विरोध


काठमाडौं – एमसीसी पेस गर्ने भएपछि प्रतिनिधिसभा बैठकमा सांसदहरुले चर्को विरोध गरेका छन् । जारी प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएपछि सांसदहरुले विरोध जनाइरहेका छन् ।

सांसदहरुले एमसीसी राष्ट्रघाती रहेको दाबी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटामाथि खनिँदै सांसदहरुले एमसीसी अनुमोदन गर्न नहुनेमा जोड दिएका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय लिनुपर्ने बताउनु भयो । उहाँले दलीय सहमतिविना एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आपत्ति जनाउनु भयो ।

यस्तै सांसद भीम रावल र प्रेम सुवालले पनि विरोध जनाउनु भयो । सांसद दुर्गा पौडेलले विरोध जनाउनुभयो ।